कैलालीमा बसमा आगजनी गर्ने तीन जना पक्राउ, पोखरामा बम फेला

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार

कैलाली, ३० फागुन । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा कैलालीको बढैपुर जंगलमा पूर्वबाट पश्चिमतर्फ आइरहेको म१ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेका छन् ।

आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बन्दकर्ताले बसमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

यसैबीच प्रहरीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका लागि हिंडेका बसहरुलाई रोक्दै गरेका तीन जना बन्दकर्तालाई पक्राउ गरेको छ । बन्दका क्रममा गाडी किन चलाएको भन्दै गाडी रोक्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै पोखरको सभागृह चोकको ट्राफिक डोम र लेखनाथ रंगशाला अगाडि दुईवटा बम भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ ।

बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीले शकांस्पद वस्तु भनेर दावी गरे पनि उक्त वस्तु सकेट बम भएको जनाइएको छ । बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट