रिपोर्टर नेपाल समाचार
भोजपुर । पाँचौं स्व. भीमदल राई स्मृति रनिङ कप हतुवागढी फुटबल फागुन ३० गतेबाट सुरु हुने भएको छ ।
भीमदल राई स्मृति प्रतिष्ठानको प्रायोजन तथा हतुवागढी खेलकुद विकास समिति भोजपुरको आयोजनामा पाँचौं भीमदल राई स्मृति रनिङ कप हुन लागेको हो।
भोजपुर जिल्लाको सर्वाधिक पुरस्कार राशीको खेलकुदमध्ये एक भीमदल राई स्मृति रनिङ कप २०६९ सालदेखि निरन्तर संचालन हुँदै आएको छ ।
प्रतियोगिताका विजेताले नगद रु एक लाख एघार हजार एकसय बाईस सहित रनिङ कप तथा उपविजेताले नगद रु ५३ हजार ३ सय ३० प्राप्त गर्नेछन् । प्रतियोगिता चैत ५ गते सकिने आयोजकले जनाएको छ ।