काठमाडौं मल व्यापार संघले बुझायो सभामुख महरालाई ज्ञापनपत्र

प्रकाशित मिति: २९ फाल्गुन २०७५, बुधबार

काठमाडौं, २९ फागुन । काठमाडौं मल व्यापार संघले मलको समस्याको विषयमा सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ ।

संघकी अध्यक्ष सुषमा महरा र मलका ब्यवसायी प्रतिनिधिहरुले सभामुख महरालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । काठमाडौं मलमा संचयकोषले व्यापारीलाई हटाउने चलखेल गरेपछि आन्दोलित भएका मलका व्यवसायीहरुले सभासद कृष्ण गोपाल श्रेष्ठ, डा.अजय क्रान्ति शाक्य, चन्दा चौधरी र हृदेश त्रिपाटीलाई समेत ज्ञापनपत्र बुझाएको छ ।

संघले बिहीबार अर्थ मन्त्रीलाई भेटी ब्यवसाय सुरक्षाका निम्ती पहल गर्ने, संचयकोष घेराउ गर्ने र संचयकोषका कर्मचारीले गरेका भष्ट्राचार र अनियमितालाई लिएर आमरण अनसन बस्ने जनाएको छ ।

राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल व्यापारिक केन्द्रका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार सञ्चय कोषको लगानीमा निर्मित भवनलाई अझ प्रख्यात व्यापारिक केन्द्र बनाउन यस मलमा व्यवसाय गरिरहेकाहरुको महत्वपूर्ण योगदान रहेको छ ।

संचयकोषलाई यहाँ ब्यापार गरिरहेका ब्यवसायीहरुले करिब १ अर्ब ६६ करोड भुक्तानी गरिसकेका छन् । तर, मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने र यसले व्यवसायी सधैं समस्यामा पर्ने गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट