कोरिया जान जेठ २६ र २७ गते इपिएस भाषा परीक्षा हुने

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

काठमाडौं, २७ फागुन । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानेहरुले आगामी जेठ २६ र २७ गते अर्थात जून ९ र १० मा भाषा परीक्षा दिन पाउने भएका छन् ।

इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षामा सामेल हुन चैत ८ देखि १७ गतेसम्म फारम भर्न सकिने जनाएको छ। फारम अनलाइन तथा देशका विभिन्न स्थानहरुमा भर्ने व्यवस्था मिलाइने शाखाले जनाएको छ।

सन् २०१८ मा भाषा परीक्षाका लागि ८२ हजार २ सय ६४ जना सहभागी भएकामा ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए। जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना सफल भएका थिए । हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत रहेको इपिएस कोरिया शाखाले जनाएको छ।

कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्य देश मानिन्छ। कोरियामा प्रत्येक नेपालीले मासिक १ लाखभन्दा बढी रुपैयाँ कमाउँछन्। सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो। सुरुवातमा कृषि, निर्माण र फिसिङ९मछुवार० गरी ३ वटा क्षेत्रमा कामदार लैजाने गरिएपनि हाल भने कृषि, निर्माणमा मात्रै कामदार लगिँदै आएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट