पुनीत पाठक बने खतरो के खिलाडी-९ को विजेता

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

मुम्बई । भारतीय टेलीभिजनको चर्चित रियालिटी शो ‘खतरो के खिलाडी सिजन ९’ को उपाधि कोरियोग्राफर पुनीत जे पाठकले जितेका छन् ।

कलर्स टिभीबाट प्रशारण हुँदै आएको ‘खतरो के खिलाडी सिजन ९’ को विजेताको नाम आइतबार राति प्रशारित कार्यक्रमको ग्राण्ड फिनालेमा घोषणा गरिएको हो । शोमा गायक आदित्य नारायण दोस्रो भएका थिए ।

पुनीत र आदित्यका अलावा शोमा चर्चित कमेडियन भारती सिंह, उनका पति हर्ष, एली गोनी, विकास गुप्ता, रिदिमा पण्डित, जसमिन, अविका गौर, शमिता शेटुटी, जैन इमाम र श्रीसांतले भाग लिएका थिए । शोको फाइनलमा नायक अक्षय कुमारले पनि खतरनाक स्टंट गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट