पूनम श्रेष्ठलाई बेलायतको सर्वोत्कृष्ट भीटीसीटी अवार्ड

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

काठमाडौं। पूनम ब्यूटी क्लबकी चर्चित ब्यूटीसियन पूनम श्रेष्ठले बेलायतको सर्वोत्कृष्ट व्यवसायिक तालिम च्यारिटेबल ट्रष्ट भीटीसीटीबाट ब्राइडल मेकअपमा भीटीसीटी लेभल ३ अवार्ड प्राप्त गरेकी छन्।

बेलायतको भीटीसीटीले केहीदिन अघि भारतको नयाँ दिल्लीमा आयोजना गरेको विश्वव्यापी परीक्षामा नेपालबाट सर्वोत्कृष्टता हासिल गर्ने एकमात्र ब्यूटीसियन पूनम श्रेष्ठले भीटीसीटी लेभल ३ अवार्ड इन एसिया ब्राइडल मेकअप पाएकी हुन्। ब्राइडल मेकअपमा थ्यौंरिकल तथा प्राक्टिकल परीक्षा दिएर पूनम एसियाबाटै सर्वोत्कृष्टता हासिल गर्न सफल भएकी हुन्।

विगत १५ वर्षदेखि सौन्दर्य क्षेत्रमा लागेकी पूनमले काठमाडौंको पुतलीसडकस्थित सीपी ब्यूटीपार्लर तालिम इन्ष्टिच्यूटमा तालिम लिएर पाल्पामा पूनम ब्यूटी क्लब सुरु गरेकी थिइन् । पाल्पा तानसेनकी पूनम आफ्नै दिदी जीवलक्ष्मी श्रेष्ठको प्रेरणाबाट ब्यूटी क्षेत्रमा लागेको बताउँछिन् ।

पूनमले सौन्दर्य क्षेत्रको लामो अनुभवले अवार्ड दिलाउन सफल भएको बताइन् । आगामी दिनमा पूनम ब्यूटी क्लबलाई देशको मात्र नभएर विश्वकै नमूना ब्यूटी क्लबको रुपमा विकास गर्दै लाने पूनमको सोच र योजना रहेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट