विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

प्रकाशित मिति: २६ फाल्गुन २०७५, आईतवार

कोलम्बिया । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

विमान शनिबार बिहान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो । लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान पत्ता लगाउने प्रयास भइरहेको र दुर्घटनाको कारण भने पत्ता लाग्न नसकेको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट