प्याराग्लाइडिङ कम्पनी कर तिर्न तयार, उडान बन्द नहुने

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

पोखरा, २२ फागुन । पोखरा महानगरपालिकालाई प्याराग्लाइडिङ कम्पनीहरुले कर तिर्न सहमत भएका छन् । उक्त सहमतिपछि प्याराग्लाइडिङ उडान बन्द नहुने भएको छ ।

अहिलेसम्म एउटा मात्र कम्पनी महानगरमा दर्ता रहेको र आर्थिक वर्ष २०७/र०७३ देखि प्याराग्लाइडिङ कम्पनीहरुले महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले बताए। महानगरले आर्थिक बर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो ।

पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्षको कर बुझाउन तयार भएका हुन् । दिनहुँ दुर्घटना भएपछि नागरिक उड्ययन प्राधिकरण पोखराले सोलो उडानमा रोक लगाएको र अर्को सूचना जारी नहुँदासम्म सोलो उडान रोकिएको प्राधिकरण पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट