भारतलाई दिइएको व्यापारिक सुविधा हटाउँदै अमेरिका

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलवार

वासिङ्गटन डिसी । भारतलाई दिँदै आएको प्रिफरेन्सीयल ट्रेड स्ट्याटस अमेरिकाले अन्त्य गर्ने भएको छ ।

आफ्नो मापदण्डमा क्वालिफाइ नभएकले अमेरिकाले भारतसँगै टर्कीलाई दिँदै आएको सो सुविधा पनि हटाएको छ ।सो प्रावधान अन्तर्गत केही भारतीय उत्पादन अमेरिका जाँदा ड्युटी फ्री सुविधा प्राप्त थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत आफ्नो बजारमा अमेरिकालाई पहुँचको बारेमा आश्वस्त पार्न असफल भएको जनाएका छन् भने भारतले अमेरिकाको कदमले आफ्नो अर्थतन्त्रमा न्यून मात्रै प्रभाव पर्ने जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट