५ सय रुपैयाँले घट्यो सुन

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आईतवार

काठमाडौं, १९ फागुन । आइतबार तेजाबी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला ६१ हजार ७ सय रहेको तेजाबी सुनको भाउ शनिबार ५ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी शुक्रबार ७ सय ७० रुपैयाँ प्रतितोला रहेकोमा १० रुपैयाँ घटेर आइतबार ७ सय ६० मा किनबेच भइरहेको छ । नेपाली बजारमा दैनिक १८ देखि २० किलो सुन किनबेच हुने गरे पनि सुन महंगो हुँदा बिक्री बढ्न नसकेको व्यवसायीहरुको गुनासो छ ।

सिजनमा समेत सुनको मूल्य वृद्धि हुँदा कारोबार घटेको र विवाहको लगन सकिँदै गएकाले पनि अब सुनको बिक्री झन् घट्ने व्यवसायी मणिकरत्न शाक्य बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट