भारत-पाकिस्तान बीच बढ्दो तनावमा नेपालको आश्चर्य लाग्दो मौनता !

प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार

भारत प्रशासित कश्मीरको दक्षिण पुलवामामा गत फेब्रुअरी १४ मा भएको आत्मघाती हमलाबाट भारतीय अर्ध–सैनिक बलका ४६ जवानको निधन भएसँगै भारत र पाकिस्तान बीच तनाव बढ्दै गएको छ  । सोही घटनापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनामा संलग्न आतंककारी बारे ठोस प्रमाण तथा इन्टेलिजेन्स खोज्नु र सहकार्य तथा संवादद्वारा समस्या सल्ट्याउने प्रस्ताव भारतसँग राखेका थिए । तर पाकिस्तानको उक्त प्रस्तावको बेवास्ता गर्दै उक्त क्षेत्रमा भारतले आतंकारीविरुद्धको कारवाही अघि बढायो । यही बीचमा सेनाका एक मेजर र तीन जवानले ज्यान गुमाउनु पर्योो । त्यसपछि झनै चिडिएको भारतले १ दिनअघि मात्र कश्मीरको बालाकोटमा चरमपन्थी जैश-ए-मोहम्मदको तालिम केन्द्रमा मङ्गलबार हवाइ हमाला गर्यो । उक्त हवाई आक्रमणमा २ देखि ३ सय आतंकवादीको ज्यान गएको भारतीय संचारमाध्यमहरुले प्राथामिकता साथ समाचार बनाए । तर पाकिस्तानले भने भारतले भने जस्तो क्षति नभएको बताउदै अप्रत्याशित कारवाहीका निम्ति तयार रहन भारतलाई चेतावनी दिएको छ। भारतले आफ्नो भू-भागमा हवाई कारवाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानले दिएको छ। चेतावनीको २४ घण्टा बित्न नपाउँदै पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको उल्लेख गरेका छन् । तर भारतीय संचारमाध्यमले भने उक्त दाबी झुट भएको भन्दै प्राविधिक समस्याका कारण विमान दुर्घटना हुन पुगेको बताएका छन् ।
यही तनाव बढ्दै जादा सभावित युद्धको खतारा देखेरै होला युरोपेली युनियन र चीनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेका छन् । यो बढ्दो तनवाले भारत पाकिस्तान पुनः युद्धमा गए जस्तो देखिए पनि के दुवै एक अर्का विरुद्ध युद्ध चाहन्छन् त विश्र्व जगतले सोधिरहेको छ ।

भारत पाकिस्तान तनावको विगत
भारत र पाकिस्तान बीच देखिएको पछिल्लो तनाव पहिलो भने होइन । कश्मीर विषयमा यस अघि पनि भारत पकिस्तान बीच तनाव सृजना भएका छन् । युद्धको समनिकट बाट दुवै देश पछि फर्किएको पनि विगत छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने त्यस यता स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यै पनि सम्बन्ध सुमधुर हुन सकेन् । भारत पाकिस्तान बीच सम्वन्ध सुधार हुन नसक्नु मुख्य कारणको रुपमा कश्मीर नै रह्यो जसले पटक पटक युद्ध निम्त्यायो भने कहिले उच्च तनाव सृजना गरायो पछिल्लो तनाव पनि यही बाट जन्मिएको यसैको श्रृंखला नै हो ।

अक्टोबर १९४७ : भारत र पाकिस्तानबीच पहिलो युद्ध

अगस्ट १९६५ : कश्मीरलाई नै लिएर दुई छिमेकीबीच युद्ध

डिसेम्बर १९७१ : पाकिस्तानबाट बंगला देश छुट्याउन भारतद्वारा पाकिस्तानी भू-भागमा बम आक्रमण

सन् १९८९ : कश्मीर उपत्यकामा भारतीय शासन विरुद्ध सशस्त्र विद्रोहको थालनी

१९९९ : पाकिस्तानी सेना तथा विद्रोहीद्वारा कार्गिल पर्वतमा रहेका भारतीय सैनिक शिविर कब्जा । भारतद्वारा हवाई तथा स्थल आक्रमणपश्चात् अतिक्रमणकारीहरू फिर्ता

अक्टोबर २००१ : श्रीनगरस्थित कश्मीरको विधानसभामा आक्रमण र ३८ जनाको मृत्यु।

सेप्टेम्बर २०१६ : भारतद्वारा पाकिस्तानी कश्मीरमा सैन्य कारबाही

फेब्रुअरी २०१९ : कश्मीरको पुलवामामा विद्रोहीद्वारा आत्मघाती विस्फोट। अर्धसैनिक बल सीआरपीएफका ४० भन्दा धेरैको मृत्यु पछि भारतीय वायुसेनाद्वारा पाकिस्तानी भूभागमा आक्रमण जैश-ए-मोहम्मदको शिविर नष्ट गरिएको भारतको दावी

माथि उल्लेखित तनावको श्रृंखलालाई हेर्दा भारत र पाकिस्तान बीच टकराव आए पनि दुवै देशले युद्धलाई निम्ता दिन चादैनन भन्ने देखाउछ । अंग्रेजको वहिरगमन सँग एक अर्का बीच मित्रता बढाउन नसकेका भारत र पाकिस्तान बीच सम्वन्ध सुधारका लागि पटक पटक पहल नभएका होइनन् । सन १९९९ को फ्रवुवरीमा भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीद्वारा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट्न र शान्ति सम्झौता गर्न बस चढेर पाकिस्तान पुगेका थिए त्यो वार्ता पनि फलदायी हुन सकेन्। यस्तै २००१ मा भारतको आगरामा भारतीय प्रधानमन्त्री वाजपेयी र पाकिस्तानी राष्ट्रपति परवेज मुशर्रफको भेटवार्ता मा पनि कुनै सम्झौता हुन सकेन। पछिल्लो पटक पनि मोदी प्रधानमन्त्री बन्न साथ शुभाकामना सहित सरिफले प्रधानमन्त्री नरेन्द्र मोदीको आमालाई साडी उपहार पठाउदै सम्वन्ध सुधारका लागि हात अघि बढाएका थिए । तर पनि उनको त्यो सम्बन्ध सुधारको पहलले पनि कुनै सार्थकता पाउन सकेन् । यहि तिक्तताका बीच सम्वन्ध अघि बढी रह्यो । शान्तिका लागि गरिएका यि प्रयासहरुले सार्थकता नपाए पनि युद्ध दुवै देशको चाहना होइन भन्ने कुरालाइ भने पुष्टी गर्दछ ।

यस कारण युद्धमा जादैनन् भारत र पाकिस्तान
कतिपय भारतीय संचारमाध्यमले युद्ध सुरु भयो भने जस्तो भारत पकिस्तान दुवै देश एक अर्का विरुद्ध युद्धमा जाने अवस्था छैन । त्यो तत्काल सम्भव देखिन्न । फौजी कारवाहीमा दुवै मुलुक उतिकै बलिया भएका छन् भने अर्का तर्फ दुवै मुलुक आणविक शक्ति सम्पन्न छन् । दुई मुलुकबीच ठूलोस्तरको युद्ध भएमा त्यो आणविक हतियारको स्तरसम्म पुग्ने र यसबाट जनधनको अकल्पनीय क्षति हुने कुरामा दुवै मुलुक जानकार छन् । यो अवस्था आउने बेला सम्म संयुक्त राष्ट्र संघ पनि चुप लागेर बस्ने अवस्था आउदै । भारतले युद्धका लागि जति जोड बल लगाए पनि पाकिस्तानले संचय गरेको आणविक शक्ती नै युद्धबाट पछाडी फर्काउने विषय बनेर रहेको छ । एक तर्फी रुपमा भारतले युद्ध अगाडी बढाउदै गयो भने पाकिस्तानले अन्तत् लडाइमा आणविक हतियारको प्रयोग नगर्ला भन्न सकिदैन । जसले भारतलाई नै बढी क्षति हुने देखाउछ । यो कुरा भारतले राम्ररी बुझेको छ । चाहदा नचाहदै यो अवस्था सृजना भएमा भारत पाकिस्तान मात्र होइन यस्को वाछिटा संसारभर पुग्ने विश्व नै दुई धुर्वमा विभाजित हुने अवस्था सृजना नहोला भन्न सकिदैन् । दुवै राष्ट्र विश्व जनमतलाई आफ्नो पक्षमा पर्न उतिकै संक्षम छन् केहि दिन अघिको मात्र साउदी युवराज मोहम्मद बिन सलमान एक पछि अर्को गरी भारत र पाकिस्तानको भ्रमणमा पुगेका थिए । यसले पनि भारतले भनेजस्तो आतङ्कबाद घरको नारा दिएर पाकिस्तानलाइ विश्व समुदायबाट एक्लयाउन पनि त्यती सहज छैन ।

आश्चर्यलाग्दो नेपालको मौनता !
कुनै कुटनीतिक सम्वन्ध समेत स्थपना नभएको मुलुक भेनेजुएलामा भएको राजनीति परिघटनाको विज्ञप्ति निकाल्न हतार गर्ने नेपाल केहीदिन यता भारत पाकिस्तानबीच बढ्दो तनावमा भने मौनता साधेको छ । सार्क राष्ट्रको अध्यक्ष हुनुको नाताले पनि नेपालले सार्क क्षेत्रका मित्र राष्ट्रहरु बीच देखिएको तनाव न्युनीकरणका लागि सार्कको आपतकालिन बैठक बोलाउनु पर्ने समयमा वार्ता र संवादबाट समाधान खोज्न भन्न पनि ढिलाइ गर्नु आश्चर्य लाग्दो मौनताको रुपमा रहेको छ । अहिलेको विषम परिस्थितिलाई नेपालले आफ्नो हैसियतअनुसार डिप्लोम्याटिक च्यानलबाट दुवै देशलाई ‘कूल डाउन’ गराउनेतर्फ लाग्नु पराराष्ट्र विदहरुको सुझाव । भारत र पाकिस्तान दुवै देश नेपालका लागि उतिकै महत्व राख्ने छिमेकी देश हुन् । हचुवाको भरमा प्रतिक्रिया जनाउनुभन्दा पनि गम्भीरताका साथ घटनाको विश्लेषण गरेर तयारीमा सरकार लाग्नुपर्ने त्रिभुवन विश्व विद्यालय अन्तर्राष्ट्रिय सम्वन्धका उपप्रध्यापक एवम् परराष्ट्र मामिला जानकार प्रेम खनालको बताउँछन्। त्यसो त अहिलेको अवस्था हेर्दा दुवै देशबीच युद्ध नै भइहाल्ने अवस्था छैन तर युद्ध भइहाले नेपाल त्यसको चपेटामा नराम्रोसँग पर्ने देखिन्छ । त्यसैले पनि दुई छिमेकी देशहरू भारत र पाकिस्तानबीच तनाव चुलिँदै जाँदा सार्क राष्ट्रको अध्यक्ष भएर नेपाल मौनता साध्नु न्यायसंगत भने मान्न सकिदैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट