यतीका प्रबन्ध निर्देशक आङछिरिङको निधनको शोकमा शुक्रबार यती र तारा एयरको उडान बन्द

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहीबार

काठमाडौं, १६ फागुन । यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकोप्टर दुर्घटनामा दु:खद निधन भएको शोकमा शुक्रबार यती एयरलाइन्स तथा यतीकै सहायक कम्पनी तारा एयरलाइन्सका सबै उडानहरु स्थगित गरिएको छ ।

बुधबार ताप्लेजुङमा भएको एयर डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरको निधन भएको थियो।

दुर्घटनामा दु:खद निधन भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरिएको यती एयरलाइन्सले सूचना जारी गर्दै जानकारी दिएको छ । साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्ने जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट