एजेन्सी
वासिङ्गटन डिसी । राजकुमारी रिमा बिन्ट बान्डर अल–साउदलाई साउदी अरेबियाले अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ ।
इतिहासमै पहिलो पटक साउदी अरेबियाले पहिलोपटक महिलालाई राजदूत बनाउन लागेको हो । राजकुमारी रिमा अमेरिकाका लागि साउदी अरेबियाको आउँदो राजदूत बन्ने भएकी हुन् । राजपरिवारमा उनको नियुक्तिबारे शनिबार जानकारी गराइएको हो ।
पत्रकार जमाल खाशोग्गीको हत्याका कारण अन्तर्राष्ट्रिय स्तरमा साउदी अरेबियाको आलोचना भइरहेका बेला रिमा जिम्मेवारी बहन गर्न आउँदै छिन् । अमेरिका र साउदी अरेबियाको सम्बन्धमा अप्ठ्यारो समय रहेका बेला जिम्मेवारी सम्हाल्न लागेकी रिमाले आफ्नो बाल्यकाल अमेरिकाको वासिङ्गटन डिसीमा बिताएकी थिइन् ।