‘दोश्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ सुरू

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । ‘दोस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ बिहीबारबाट काठमाडौंको राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा सुरु भएको छ ।

महोत्सवको बिहीबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले चलचित्र संस्कृति आदानप्रदानका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने र आफ्नो पहिलो कार्यकालमा नेपाली चलचित्रको विकासका लागि नीति निर्माणसहित विभिन्न कार्य गरेको पनि अध्यक्ष दाहालले बताए ।

त्यस्तै अभिनेता सुनिल थापाले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवको अनुभव सुनाउँदै यो महोत्सव अरू अन्तर्राष्ट्रिय महोत्सवभन्दा कम नभएको जिकिर गरे । महोत्सवको दोश्रो दिन शुक्रबार १० सिनेमा देखाइदैंछ । सिनेमामा महिला तथा सिनेमा उद्योगका लागि चुनौती गरी दुईवटा विषयगत छलफल राखिएको छ।

१० बजे हुने पहिलो छलफलमा रेखा थापा, दिपाश्री निरौला र संगीता श्रेष्ठ प्रमुख वक्ता रहेका छन् भने साढे दुई बजे हुने छलफलमा आकाश अधिकारी, प्रदिप उदय, हेमराज बिसी तथा रविन्द्र सिंह बानियाँ प्रमूख वक्ता रहेका छन्।

पाँच दिनसम्म चल्ने फेस्टिवलमा ३१ देशका पाँच दर्जन सिनेमा देखाइनेछ भने सिनेमा प्रदर्शन बाहेक महोत्सवमा विभिन्न विषयमा छलफल पनि चलाइनेछ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट