विश्वकप छनोट: नेपालद्वारा यूएई ७ विकेटले पराजित

प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ ।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् भने काजल श्रेष्ठले १५ रन र सीता राना मगरले ६ रन बनाइन् । यूएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाएको थियो । यूएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन्।

यूएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट