नेपाल आएका सोनु निगम अस्पताल भर्ना

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । विशेष कार्यक्रमको लागि भारतबाट नेपाल आएका चर्चित बलिउड गायक सोनु निगम बिरामी परेका छन्।

ढाड दुखेपछि उनी पोखराबाट नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको लागि आएका हुन्। चिकित्सकले उनको ढाडको मांशपेशीमा समस्या देखिएको बताएका छन्। निगमको डा. पंकज जलान, डा.  लक्ष्मण रिजाल र डा. प्रविण नेपालको टोलीले उपचार गरिरहेका छन्।

सम्भवत गायक निगमलाई मंगलबार नै डिस्चार्ज गरिने उनको उपचारमा संलग्न डा. प्रवीण नेपालले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट