जन्मिए एकसाथ सात बच्चा !

प्रकाशित मिति: ७ फाल्गुन २०७५, मंगलवार

इराक । इराकमा २५ वर्षीया महिलाले एकै पटक सात बच्चालाई जन्म दिएकी छन् ।

पूर्वी इराकको दियाली प्रोविन्सको एक अस्पतालमा उनले ६ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । इराकमा एकसाथ सात बच्चालाई जन्माएको यो पहिलो घटना भएको बताइएको छ ।स्थानीय स्वास्थ्य विभागका एक प्रवक्ताले बयान जारी गर्दै सबै बच्चा र महिलाको स्वास्थ्य ठीक रहेको जानकारी दिएका छन् ।

सन् १९९७ मा एकैपटक सात बच्चालाई जन्माएको घटना पहिलोपटक अमेरिकाको लोवा राज्यमा भएको थियो, जुन घटना निकै चर्चित भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट