ट्रम्पद्वारा अमेरिकामा संकटकाल घोषणा

प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

वासिंटन । अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकाल घोषणा गरेका छन् ।

उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने दाबी गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै आठ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताए। संकटकाल घोषणासँगै अब ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मेक्सिकोको सीमाबाट लागूऔषध कारोबारी र अवैध आप्रवासीहरूको आक्रमण भइरहेकाले अब त्यो समाधान हुने उनको दाबी छ।

यता विपक्षी डेमोक्र्याटहरूले भने राष्ट्रपति ट्रम्पको घोषणालाई ‘शक्तिको दूरूपयोग’ भनेका छन्। डेमोक्र्याट्स पार्टीका उच्च नेताहरूले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन्।

ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उनको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने अनुमान गरिएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट