तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने किशोरकिशोरीको संख्या बढ्दै

प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । मानसिक तनावका कारण बेलायतका ६० हजार भन्दा बढी किशोरकिशोरीले नशालु पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदन अध्ययनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थ सेवन गर्ने गरेको पाइएको उल्लेख छ ।

अध्ययन अनुसार अमेरिकामा मानसिक तनावमा पर्ने किशोरकिशोरीको संख्या ४ लाख, बेलायतमा ६० हजार र क्यानडामा २५ हजार रहेको छ । ७ प्रतिशतको दरले किशोरकिशोरीमा मानसिक तनाव र आत्महत्याको खतरा बढेको तथ्यांकमा देखाइएको छ । उनीहरुले अध्ययनका क्रममा २३ हजार ३ सय १७ जनालाई सहभागी गराएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट