‘बुलबुल’ को ‘जाद्रै बस्यो दिल’ (भिडियोसहित)

प्रकाशित मिति: २२ माघ २०७५, मंगलवार

काठमाडौं । चलचित्र ‘बुलबुल’ को ‘जाद्रै बस्यो दिल’ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अभिनेत्री स्वस्तिमा खड्काको पीडा देखाइएको छ ।

रेजिना रिमालको स्वर रहेको गीतमा उद्गम परियार र उदयराज पौडेलको संगीत, मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन रहेको छ । चलचित्र ‘बुलबुल’ मा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिएकी छन् ।

चलचित्रमा स्वस्तिमासँगै मुकुन भुषाल, बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फागुन ३ गते रिलिज हुने ‘बुलबुल’ को निर्माण अविरल थापाले गरेका हुन् भने कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट