एक दिवसीय सिरिज बिजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार

काठमाडौं, १५ माघ । यूएईको दुबइमा भएको एक दिवसीय सिरिज बिजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

एक दिवसीय क्रिकेट श्रृङ्खला जितेर नेपाललाई गौरवशाली सफलता दिलाएको भन्दै क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका हुन् । साथै उनले अन्तराष्ट्रिय क्रिकेटमा प्राप्त सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको भन्दै खेलकुद क्षेत्रको विकासमा सरकारले थप ध्यान दिने बताए ।

नेपालले सोमबार तेस्रो तथा अन्तिम खेलमा यूएईलाई हराउँदै तीन खेलको एक दिवसीय श्रृङ्खला हात पारेको थियो । एक दिवसीय राष्ट्रको मान्यता पाएपछि सिरिज हात पारेको भने यो नेपालको पहिलो पटक हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट