ढोरपाटन महिला भलिबल वर्षाका कारण स्थगित

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

काठमाडौं । काठमाडौंमा जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित भएका छन् ।

वर्षाका कारण आज हुने पाँचवटा खेल स्थगित गरिएको आयोजकले जनाएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुने भनिएको खेलका लागि क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिए ।

प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ र चितवन टाइगर्सबीच खेल हुने कार्यक्रम थियो।

वर्षा रोकिएर घाम लागेमा बिहीबारबाट पूर्वनिर्धारित समयमै खेल सञ्चालन हुने उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट