सामाजिक सञ्जालमा स्टार बनेको संसारकै ‘क्युट’ कुकुरको मृत्यु

प्रकाशित मिति: ८ माघ २०७५, मंगलवार

काठमाडौं । संसारकै ‘क्युट’ कुकुर ‘बू’ को मृत्यु भएको छ । सामाजिक सञ्जालमा ‘स्टार’ बनेको पामेरियन जातको ‘बू’ को १२ वर्षको उमेरमा मृत्यु भएको हो ।

‘बू’ का मालिकका अनुसार गएको शनिबार राति सुतेकै अवस्थामा ‘बू’ को मृत्यु भएको थियो । सन् २०१७ मा आफ्नो सबैभन्दा प्रिय साथी ‘बडी’ मरेपछि ‘बू’ निकै विक्षिप्त बनेको थियो । कुकुरका मालिकले बताएअनुसार त्यसपछि यो कुकुरलाई मुटुसम्बन्धी समस्या निम्तिएको थियो ।

बडीको मृत्युपछि ‘बू’ को मुटु चुडिएको अनुभूति भएको कुरा ‘बू’को आधिकारिक फेसबुक पेजमा उल्लेख गरिएको छ । फेसबुकमा ‘बू’ का डेढ करोड भन्दा धेरै फलोअर्स थिए । यो कुकुरलाई धेरै पटक टेलिभिजनमा देखाइएको थियो भने कुकुरकै नाममा ‘बू-द लाइफ अफ वर्ल्ड्स क्यूटेस्ट डग’ नामक किताब पनि प्रकाशन भएको छ । ‘बू’ र उसको प्रिय साथी बडी ११ वर्षसम्म सँगै रहे । बडीको सन् २०११ डिसेम्बरमा मृत्यु भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट