सरकारलाई चुनौती दिने आफैँ समाप्त हुन्छ: शेरधन राई

प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

उर्लाबारी, ५ माघ । देशमा पहिलोपटक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले काममा केही ढिला र अल्मिलिए जस्तो देखिएको बताउँदै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताएका छन् ।

आजदेखि सुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सरकारको लक्ष्य समृद्धि र विकास भएको बताएका छन् । मोरङको पथरी, शनिश्चरे नगरपालिका फ्रेण्डसिप चेस क्लब, मोरङको आयोजनामा सुरु भएको बुद्धिचाल प्रतियोगिता पाँच दिनसम्म चल्ने छ ।

देशभरका १५० भन्दा बढी खेलाडी सहभागी रहेको प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई ३० हजार, चौथोलाई २० हजार, पाँचौंलाई १५ हजार गरी उत्कृष्ट १५ लाई नगद, ट्रफी, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

बुद्धिचाल खेल रणनीतिक महत्वको खेल रहेको चर्चा गर्दै मुख्यमन्त्री राईले बुद्धिचाल खेलले बौद्धिक अभ्यासमा मात्र होइन, मानिसलाई मार्गदर्शन र स्वभाविक गतिमा हिँड्न प्ररेणा दिने उल्लेख गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट