इन्डोनेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

काठमाडौं । महिला टी-२० स्मास क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

थाइल्याण्डमा जारी महिला टी-२० स्मास प्रतियोगितामा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ११.१ ओभरमा सबै विकेट गुमाएर २७ रनमा समेटिएको थियो । नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा २ मेडनसहित २ रन खर्चर ३ विकेट लिइन् ।

त्यस्तै कविता कुँवर, नेरी थापा, सरिता मगर र सिता राना मगरले १९१ विकेट लिए । यो जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला क्रिकेट टोली फाइनलमा प्रवेश गर्न सफल भएको छ । समूह चरणमा सतप्रतिशत जित निकालेको नेपालले अब उपाधिका लागि युएई र आयोजक थाइल्याण्डबीचको विजेतासँग खेल्नेछ।

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो खेलमा थाइल्याण्डको ‘ए’ टोली, पाचौँ​ तथा समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। इन्डोनेसियाका लागि ओपनर यूलिया आन्ग्रेनीले सर्वाधिक १३ रन बनाए । अन्य कुनै पनि ब्याट्समयानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट