थाइल्याण्ड ‘ए’लाई हराउँदै नेपाल समूह विजेता

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

काठमाडौं । थाइल्याण्ड वुमन्स ट्वेन्टी–ट्वेन्टी स्मास क्रिकेटमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाली टोलीले समूह चरणका सबै खेलमा जित हात पारेको छ ।

थाइल्याण्डमा जारी स्मास क्रिकेटमा लगातारको जितपछि सेमिफाइनलमा स्थान पक्का गरेको नेपाली टोलीले बुधबार बिहान समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई पराजित गरेको हो ।

पहिले ब्याटिङ्ग गरेको थाल्याण्ड ‘ए’ ले १५ ओभर ४ बलमा मात्रै १९ रन बनाएर सबै विकेट गुमाएको थियो। नेपालले भने १ विकेट गुमाएर ३.३ ओभरमा २० रनको लक्ष्य पूरा गरेको थियो ।

खेलमा नेपालका लागि ममता चौधरीले ८, नेरी थापाले पाँच तथा डोली भट्टले दुई रन बनाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट