रियल मड्रिडद्वारा लेगानेस ३-० ले पराजित

प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ३–० ले हराएको हो ।

खेलमा सर्जियो रामोस, लुकास भाज्क्वेज र माइसो डी ओलिभेर जुनियरले गोल गरेका थिए भने ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गर्दै टिमलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा भाज्क्वेजले गोल गरे भने ७७ औँ मिनेटमा डी ओलिभेराले गोल गरेपछि रियल मड्रिडले ३–० को जित निश्चित गरेको हो ।

रामोसले आफ्नो खेल जीवनको १०० औँ गोल गरेका छन् । खेलमा गेटाफेले रियल भालाडोलिडलाई १–० ले हरायो भने भिल्लारियल र स्पानियोलले २–२ को बराबरीमा खेल खेल्यो ।

१९ वर्षका ब्राहिम डिएज गएको हप्ता १५ मिलियन पाउण्डको सम्झौतामा रियल मड्रिड प्रवेश गरेका छन् । उनी थप खेलाडीको रुपमा अन्तिम १२ मिनेट बाँकी हुँदा मैदान आएका हुन् । डिएज हालै म्यानचेस्टर सिटीबाट रियल मड्रिड आएका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट