थ्रीस्टारलाई पराजित गर्दै संकटा क्लब दोस्रो

प्रकाशित मिति: १८ पुष २०७५, बुधबार

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल खेलमा थ्री स्टारलाई २-१ गोल अन्तरले पराजित गर्दै संकटा क्लब दोस्रो भएको छ।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको १२औँ खेलमा ३०औँ मिनेटमा थ्रीस्टारका लागि रञ्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता लिएपछि संकटालाई जिताउन दुवै गोल गरेका अमित तामाङले खेलको ४२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए ।

खेलको ६३औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि संकटा लिगमा दोस्रो भयो  यता सुरूवाती अग्रता जोगाउन नसकेको उपाधि दाबेदार थ्री स्टार क्लब पराजित हुन पुग्यो।

जितसँगै संकटाले लिगको दोस्रो स्थान पक्का गरेको छ। लिगको उपविजेता बनेको संकटाले १२ खेलबाट २८ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको थ्री स्टारको २३ अंक छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट