विपक्षी टीमका कप्तानलाई शिकार बनाउँदै सन्दीपले लिए अर्को विकेट

प्रकाशित मिति: १७ पुष २०७५, मंगलवार

काठमाडौं । नेपालका युवा स्पीनर सन्दीप लामिछानेले अस्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा आठौं विकेट हात पारेका छन् ।

यसअघिका तीनवटै खेलमा कप्तानको विकेट लिएका सन्दीपले लिएको विकेट संख्या ८ पुगेको छ। मेलबर्नका तर्फबाट खेलेका सन्दीपले यसअघिका ३ खेलमा कुल ७ विकेट लिएका थिए भने मेलबर्न रेनिगेड्सविरुद्धको खेलमा थप १ विकेट हात पारेका हुन् ।

विपक्षी टीमका कप्तानहरूलाई नै आफ्नो शिकार बनाएका सन्दीपले यो पटक पनि विपक्षी टीमका कप्तान टोम कूपरलाई बोल्ड गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट