यस कारण बैठक बहिस्कार गरेका थिए नेकपा सचिवालयका चार सदस्यहरुले (भिडियोसहित)

प्रकाशित मिति: २३ मंसिर २०७५, आईतवार

शनिबार दिउँसो दुई बजे झलनाथ खनाल जनअपेक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यक्रमका लागि टोखा समाखुसी पुगेका थिए । तीन बजेका लागि पार्टी सचिवालयको बैठक बोलाइएकाले खनालले आयोजकलाई आफू बालुवाटार सचिवालय बैठकमा जानुपर्ने भन्दै ढिला नगर्न आग्रह गरी कार्यक्रमलाई संवोधन गरी कार्यक्रम सकाएर त्यहाबाट ठिक तीन बज्न १० मिनेट बाँकी रहदै बालुवाटर आइपुगे । उनी आइपुग्नु भन्दा पहिले नै राम बहादुर बादल र ईश्वर पोख्रेल बाहेक अध्यक्ष दाहाल र सचिवालयका अन्य सदस्यहरु बालुवाटार आइपुगी सेकेका थिए ।

बालुवाटर पुगेका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायाणकाजी श्रेष्ठ बैठक कक्षमा रहे पनि पार्टी अध्यक्षद्धय के पी शर्मा ओली र पुष्प कमल दाहाल भने दुइपक्षिय बैठकमा थिए । यता महसचिव विष्णु पौडेल भने बैठकका लागि आवश्यक डकुमेन्ट कम्युटरमा तयार गर्दै थिए । नेताहरु नेपाल खनाल, श्रेष्ठ र गौतमले करिब १५ मिनेट जति बैठक कक्षमा पर्खि राखे यो बीचमा न त अध्यक्षद्धय आए न त पार्टी महासचिव नै बैठक कक्षमा आए । यसरी १०, १५ मिनेट कुर्दा पनि अध्यक्ष महासचिवबाट कुनै खबर नभएपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले महासचिव पौडेललाई एसएमएस गरे त्यसपछि पनि बैठकमा कोही आएन कुरेको २० मिनेटसम्म पनि बैठक सुरु नभएपछि चार जना नेताहरु बैठक कक्ष छाडेर बाहिरिए ।

सधै मिडियाको अगाडी बैठकका निर्णयहरु सार्वजनिक गर्न हतार गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक कक्ष छाडेर बाहिरिएपछि संचारकर्मीलाइ कुनै प्रतिकृया दिन मानेनन् । उनले यति मात्र भने बैठक छ भनेर आएको बैठक बसेन हामी निस्कियौ । महासचिव अध्यक्षहरुलाई सोध्नु होला उनले यति भनि रहदा माधव नेपाल र झलनाख खनाल भने गाडीमा चढी सकेका थिए । पत्रकारको घेरामा परे बामदेव गौतम उनी मिडियामा बोल्न तयार भए र भने अध्यक्षद्धयले हाम्रो अपामान गर्नुभयो । के कारण अपमान भयो भन्दा बैठक बोलाएर अध्यक्षद्धय समयमा बैठक सुरु नगरेर हाम्रो अपमान गर्ने काम गर्नु भयो भन्दै बामदेव पनि बालुवाटारबाट निस्किए ।

यसरी चार जना सचिवालय सदस्यहरु बालुवाटारबाट बाहिरिएको केही समयपछि सचिवालय सदस्य राम बहादुर थापा बादल र ईश्वर पोख्रेल बालुवाटार आइपुगे । उनीहरु बालुवाटार आए पनि पत्रकारहरुलाई लाग्यो अब सचिवालय बैठक स्थगितको निर्णय आउला तर त्यसो भएन । ४ नेताको अनुपस्थितिमा बैठक बसिरह्यो । कुनै बेला सचिवालयका एक जना नेता नहुदाँ स्थगित हुने बैठक ४ जना अनुपस्थित हुँदा पनि करिब २ घण्टा बढी चल्यो र यही २९ गते स्थायी कमिटि बैठक आब्हानको निर्णय गर्यो ।

बुझ्नै सकेनौ के भयो उहाँहरुलाई : महासचिव पौडेल
म सचिवालयको कामकै सिसिलामा कम्युटरमा केही डकुमेन्ट बनाउदै थिए । सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल आइपुग्नु भएको थियो । अरु नेता पनि आई पुग्नुभयो । महसचिव विष्णु पौडेलका अनुसार अध्यक्ष दाहाल र अध्यक्ष ओली भने क्यान्सरका बिरामी तथा पूर्वसभासद् मणि खम्बु किराँतीसँग कुराकानी गर्न थाल्नु भएछ । दुःखको वेदना दुई अध्यक्षलाई सुनाउन पाउँदा किन नसुनाउने रु मणि खम्बुले कुरा सुन्दै गर्दा सचिवालय बैठक १५ मिनेट कटिसकेको थियो । त्यो सकेर अध्यक्षद्धय आउदा त उहाँहरु बैठक छाडेर गइसक्नु भएको रहेछ । बुझ्नै सकेका छैनौ एकाएक के भयो उहाँहरुलाई । पछि उहाँहरुसँग सम्पर्क गर्नु भयो भएन भन्ने विषयमा भने उनले त्यसपछि कुरा नभएको जानकारी गराए ।

को हुन् मणि खम्बु ?
मणि खम्बु पहिला माओवादी राज्य समिति सचिवालय सदस्य पूर्व सांसद हुन् । सुरुमा एमाले अखिलबाट ०४८ देखि राजनीतिमा लाग्नुभएकी खम्बुवान राष्ट्रिय मुक्तिमोर्चामा केही समय काम गरेपछि किरात वर्कर्स पार्टीसँग हुँदै माओवादी सँग प्रवेश गरेकी हुन् । चार वर्षअघि मात्र उनका श्रीमान् शुभराज सुनुवारको भिरबाट लडेर मृत्यु भएको थियो । उनी क्यान्सर पीडित छन् ।

बैठक बहिस्कार अध्यक्षको ढिलो गर्ने प्रवृतिलाई पाठ हो कि असुन्तुष्टि
नेता नारायणकाजी श्रेष्ठले यसअघि पनि समयमा बैठक सुरु नगर्ने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृतिबारे प्रश्न उठाउदै आएका थिए । यता माधव नेपाल पनि प्रदेश कमिटि नेतृत्व चयनदेखि नै अध्यक्षद्धयसँग असन्तुष्टी राख्दै आएका छन् । उनले सचिवालयमा अध्यक्षद्धयहरुले एकलौटी निर्णय गरेको भन्दै स्थायी कमिटि केन्द्रिय कमिटिको बैठक बोलाउनु पर्ने त्यसबाट निर्णय अनुमोदन गराउनु पर्ने माग गर्दै आएका छन् । तर त्यसो नगरी अध्यक्षद्धय दाहाल र ओलीले भने आजसम्म भटाभट सचिवालयबाट निर्णय गराउदै आएका थिए ।

यसबाट माधव नेपाल असन्तुष्ट हुदै आएका थिए भने अर्कातर्फ रामवीर राजीनामा दिन तयार भएर पनि सचिवालयका केही सदस्य विशेष गरी ईश्वर पोख्रेल र पार्टी अध्यक्षका कारण वातावरण बिग्रिएपछि के पी ओलीसँग मात्र होइन अध्यक्ष भएर पनि वातवारण निर्माण गर्न नसकेको भन्दै प्रचण्डसँग समेत बामदेव गौतमको दुरी बढेको छ । यसले पनि बामदेव गौतमलाई र माधव नेपाल र झलनाथ खनालसँग एकै ठाउँ उभिने वातावरण सृजना गराइदिएको हुन सक्छ । यता बादललाई काखी च्याप्ने ओली र दाहालको प्रवृतिले भने नारायणकाजी श्रेष्ठलाई यही कित्तामा उभिन बाध्य बनाएको अनुमान गरिएको छ ।

शनिबारको बैठक बहिस्कार घण्टौ कुर्ने बानी परेका नेतालाई १५ मिनेटको कुराईले पारेको अपमान भन्दा पनि सचिवालयमा अध्यक्षद्धयका विगतका निर्णय र कार्य शैलीको असन्तुष्टी हो कि ? यदी त्यसो नभएर समयमै बैठक सुरु नगर्ने समयमा भनेको ठाउँमा नपुग्ने अध्यक्षलाई तोकिएको समयमै बैठक सुरु गर्नका लागि समयको महत्व बुझाउने उद्देश्य नै हो भने त्यसको प्रभाव भोलिका दिनमा देखिने नै छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट