प्रेमीको हत्या गरेर प्रेमिकाले कामदारलाई खुवाइन् प्रेमीकै मासु !

प्रकाशित मिति: ६ मंसिर २०७५, बिहीबार

दुबई । मोरक्कोकी एक महिलाले ७ वर्षदेखि प्रेमसम्बन्ध रहेका प्रेमीको हत्या गरेर प्रेमीको मासु कामदारलाई खुवाएको समाचार सार्वजनिक भएको छ ।

ती महिललो प्रेमीको हत्या गरेर शरीरको भागलाई परम्परागत मासुको परिकार बनाएर पाकिस्तानी कामदारलाई दिएको भने खुल्न गएको अधिकारीहरुले बताएका छन् । युवकका दाजु ओमानसँग जोडिएको सीमावर्ती सहर अल ऐनमा रहेको आफ्नो घरमा खोज्न गएपछि मात्रै घटनाका बारेमा पत्ता लागेको हो ।

बीबीसीले जनाएअनुसार उनले आफ्ना प्रेमीको हत्या तीन महिनाअघि नै हत्या गरेकी हुन् । तर घटनाका बारेमा भर्खरै पत्ता लागेको हो । ती महिलाको घरमा रहेको मिक्सरमा मान्छेको दाँत भेटिएपछि घटनाको रहस्य खुलेको हो । ती युवतीको घरमा भेटिएको दाँतको डीएनए परीक्षण गरेपछि मात्रै युवकको हत्या भएको पुष्टि भएको हो ।

३० वर्षीया ती महिलालाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ । युवकले अर्कै युवतीसँग विवाह गर्ने योजना सुनाएपछि आफूले हत्या गरेको ती युवतीले प्रहरीसामु बयान दिएकी छिन् । ती महिलाले प्रहरीसामु आफूले ‘पागलपनको अवस्था’ मा प्रेमीको हत्या गरेको बताएकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट