केप टाउनका विद्यार्थीले बनाए पिसाबबाट ईटा

प्रकाशित मिति: ९ कार्तिक २०७५, शुक्रबार

दक्षिण अफ्रीका । दक्षिण अफ्रीकाको केप टाउन विश्वविद्यालयका छात्रछात्राहरुले वातावरणलाई मध्य नजर गर्दै मानिसको पिसाब प्रयोग गरेर ईटा बनाएका छन् । ईटा बनाउन नयाँ प्रयोग गरेका उनीहरुले सामान्य तापक्रममा पनि बलियो ईटा निर्माण गर्न मानिसको पिसाबमा बालुवा र ब्याक्टेरिया मिश्रण गरेका थिए ।

मानिसको पिसाबबाट ईटा बनाउने प्रकृया समुद्रमा मूंगा बन्ने प्रकृया जस्तै भएको केप टाउन विश्वविद्यालयका निरीक्षक डायलन रैंड बताउछन् । उनी भन्छन् ‘सामान्य ईटालाई उच्च तापक्रममा भट्टीमा पकाइन्छ । जसबाट प्रशस्त मात्रामा कार्बनडाइअक्साइड निस्किन्छ र वातावरणलाई असर गर्छ’ ।

कसरी बनाइन्छ पिसाबबाट ईटा ?
पिसाबबाट इट्टा बनाउने प्रकृयालाई माइक्रोबायल कार्बोनेट प्रीसिपिटेसन भनिन्छ । केप टाउन विश्वविद्यालयमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले ईटा बनाउन सबैभन्दा पहिले पुरुष शौचालयको पिसाब जम्मा गरे । पिसाबलाई ठोस वस्तुमा परिणत गरेपछि बचेको तरल पदार्थलाई जैविक प्रक्रियाका लागि प्रयोग गरिन्छ, जसलाई विश्वविद्यालयले बायो-ब्रिक्सको नाम दिएको छ ।

एक व्यक्तिले एक पटकमा २०० देखि ३०० मिलीलीटर पिसाब गर्छ भने एक बायो-ब्रिक बनाउन २० देखि ३० लिटर पिसाब आवश्यक पर्छ । त्यसैले एउटा ईटा बनाउन एक जनाले १०० पटक पिसाब गर्नुपर्ने हुन्छ । यस प्रकृयामा प्रयोग हुने ब्याक्टेरियाले एक इन्जाइम बनाउँछ, जसले पिसाबमा भएको युरियालाई अलग गर्छ । त्यसपछि यो क्याल्सियम कार्बोनेट बन्छ जसले बालुवालाई ठोस ईटाको रुप दिन्छ ।

बायो ब्रिक्सको आकार र क्षमतालाई आवश्यकता अनुसार बदल्न सकिन्छ । डाक्टर रेन्डल गत वर्ष यो प्रकृया सुरु गर्दा बनाएको ईटा सामान्य चुना पत्थरको भन्दा लगभग ४० प्रतिशत बलियो बनेको दाबी गर्दछन् । केहि महिनापछि उनीहरुले यो क्षमतालाई बढाएर दुई गुणा बनाए र सिमेन्टका कणहरु लामो समयसम्म टिकाईए राख्न कोठाको तापक्रम जिरो बनाएर ब्याक्टेरिया मिसाएर राखे । सामान्य ईटालाई १ हजार ४ सय डिग्री सेल्सियसमा भट्टीमा राख्ने गरिन्छ ।

पिसाबबाट ईटा बनाउने प्रकृयाको सुरुवात
केप टाउन विश्वविद्यालयका अनुसार पिसाबबाट ईटा बनाउने काम केहि वर्ष पहिले अमेरिकामा पनि सुरु गरिएको थियो । त्यो बेला पुरुषको पिसाबको सट्टा सिन्थेटिक युरियाको प्रयोग गरिएको थियो ।

यस वर्ष डाक्टर रेन्डल र उनका विद्यार्थीहरु सुजेन लेम्बर्ट र वुखेता मखरीले मानिसको मललाई पुनः प्रयोग गर्न पहिलो पटक ईटा बनाउन मानिसको पिसाबको प्रयोग गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट