दशैँ विशेष : नौ रथाभरि नौ नारी

महिला प्राकृतिक रुपमा सुन्दर हुन्छन्: जयन्ती लावती(भिडियोसहित)

प्रकाशित मिति: २८ आश्विन २०७५, आईतवार

जयन्ती लावती पेशाले ब्युटिसियन हुन् । विगत ९ वर्षदेखि उनले ललितपुरको ताल्चीखेलमा चुम्लुङ ब्युटिपार्लर सञ्चालन गरिरहेकी छन् । विवाहपछि अनुहारमा चायाँपोतो आएर दिक्क भएकी उनले ब्युटिपार्लर गएर अनुहार निको भएपछि ब्युटिपार्लरको काम सिक्न आफूलाई पनि रुचि जागेको बताउँछिन्। विवाहपछि ब्युटिपार्लर सिकेर व्यवसाय गरेको उनले यसै कामलाई रोजिरोटी बनाएकी हुन् ।

पहिला-पहिला महिलाहरु छालाको केयर गर्न र राम्री देखीन यो क्षेत्रतिर आकर्षित भए पनि अहिले यो पेशा व्यवसायिक रुपमा निकै फस्टाएको उनी बताउँछिन् । उनी भन्छिन ‘यसका लागि धेरै पढ्नु पर्दैन । कम पढेको वा पढ्दै नपढेको महिलाले पनि यो व्यवसाय गर्न सक्छन् ।’

चाँडपर्वका समयमा पार्लरमा आउनेहरुको भीड लाग्ने हुदाँ ब्युटिपार्लरमा उनलाई २ जना बहिनीहरुले सघाउने गरेका छन् । उनले ब्युटिपार्लरमा क्लिनजिङ, फेसियल, हेयरस्ट्रेट, थ्रेडिङ, हेयरकट, मेनिकेयर, पेडिकेयरलगायतका काम गर्दै आएकी छन् । काठमाडौंको धुलो धुवाले अनुहारमा असर पर्ने हुँदा हप्तामा एक पटक क्लिनजिङ गर्न उनको सल्लाह छ ।

महिलाले जन्मजातै सुन्दरताको वरदान पाए पनि आफ्नो सुन्दरतालाई जोगाइ राख्न र छालाको सुरक्षा गर्न प्रशस्त मात्रामा पानी, फलफुल तथा पौष्टिक आहार सेवन गर्न उनको सल्लाह छ ।

दशैँको बेलामा पनि उनी ब्युटिपार्लरकै काममा व्यस्त देखिइन् । जिम्मेवारी आफ्नो काँधमा थपिएपछि चाँडबाड भनेर धेरै बिदा नपाइने उनको भनाई छ ।
रिपोर्टर नेपालको नौ रथाभरि नौ नारी विशेष मा उनै ब्युटीसियन जयन्ती लावतीसँग गरिएको कुराकानी :


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट