नेकपा सचिवालायले स्वीकृत गर्ला रामवीरको राजीनामा ?

प्रकाशित मिति: २५ आश्विन २०७५, बिहीबार

काठमाडौं, २५ असोज । प्रदेश पदाधिकारी चयनलाई लिएर नेकपाभित्र आन्तरिक विवाद चुलिएको बेला काठमाडौं क्षेत्र नम्बर ७ का सांसद् रामवीर मानन्धरको राजीनामा प्रकरणले यतिबेला राजनीतिमा हलचल नै ल्याइदिएको छ । बामदेव गौतमलाई प्रतिनिधि सभामाका लागि ढोका खुल्ला गर्न सुरुमा डोल्पा र दैलेखका सांसदलार्इ मनाउने प्रयास असफल भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयासमा गौतमका लागि रामवीर मैदान खाली गर्न तयार भएका छन् ।

बामदेवका लागि रामवीरले मैदान खाली गर्दिन चाहेको कुरा प्रचण्डले एकै पटक सचिवालय बैठकमा जानकारी गराएका थिए । त्यसपछि मात्र रामवीरले आफ्नो राजीनामाको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । तर हालसम्मका घटनाक्रमले भने बामदेवको सांसद् हुने चाहना पूरा गर्न शुभ संकेतहरु देखाएको छैनन् । सामजिक संजालमा तीव्र विरोध भइरहेको छ भने संचारमाध्यमहरुमा अलोकतान्त्री संस्कार,जनमतको मानमर्दन विषयमा सम्पादकीयहरु छापिएका छन् । गएको एक दिनमा यसरी घटनाक्रम यसरी विकास भयो कि रामवीरले दिएको राजीनामा सचिवालयले स्वीकृत गर्ने विषय त्यही सहज देखिएको छैन ।

रामवीरको राजीनामा प्रचण्डको प्रहार केपीको हार
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकताको मुख्य योजनकार मानिएका बामदेव गौतम र नारायणकाजी श्रेष्ठ निर्वाचनमा पराजय भएसँगै नेताद्धयलाइ कसरी संसद् भित्र छिराउने भन्ने विषयमा बहस नभएको होइन् । सुरुमा राष्ट्रिय सभामा लैजान बामदेव गौतमालार्इ प्रस्ताव गरिएको थियो । तर भावी प्रधानमन्त्रीको सपना देखेका बामदेवलार्इ राष्ट्रिय सभाको सदस्य हुँदैमा त्यो चाहना पूरा नहुने भएपछि त्यसमा प्रवेश गर्न चाहेनन् बरु कतै निर्वाचन क्षेत्र खाली गराएर उपनिर्वाचनको माध्यबाट प्रतिनिधि सभामा नै आउने बाटो खोजिरहे । जसको प्रयास स्वरुप डोल्पाबाट निर्वाचन जितेर पर्यटन राज्यमन्त्री बनेका सांसद् धनबहादुर बूढालाई राजीनामा गराएर त्यहाँबाट आफू उपनिर्वाचन लड्ने मौखिक प्रस्ताव समेत नेकपाको सचिवालय बैठकमा उनले राखेका थिए । तर डोल्पाली जनताको विरोधपछि त्यो राजीनामा दिने मनस्थिति बनाएका बूढा पछि फर्कन बाध्य भए । उक्त प्रयास सफल नभएपछि अन्य उपयुक्त ठाउँको खोजिमा रहेका थिए गौतम जसालार्इ सहयोग गरिरहेका थिए महासचिव विष्णु पौडेल ।

कुनै बेला केपी शर्मा ओलीका निकट र विश्वशिला पात्र मानिएका रामवीर केपी प्रधानमन्त्री बन्ने भएपछि मन्त्रीको आशामा थिए भलै राज्यमन्त्री भए पनि मन्त्रिपरिषदमा परिने मा विश्वस्त थिए । तर संघीय फोरमसँगको तालमेल २५ सदस्यीय भन्दा बढी मन्त्रीमण्डल बनाउन नमिल्ने संवैधानिक बाध्यताबीच उनी मन्त्रीमण्डलमा अटाउन सकेनन् । त्यसपछि पनि उनमा कुनै संसदीय समितिका सभापति पाउने आश भने अझ बाँकी थियो । विकास समितिको सभापति पाउने हल्लाहरु बाहिर आएका थिए । तर सत्ता गठबन्धन नगरेको राष्ट्रिय जनता पार्टीका सदस्यले सभापति पाइरहदा रामवीर पनि त्यसमा अटाउनन सकेनन् । त्यसपछि भने पछिल्ला दिनहरुमा केपी ओलीप्रति केही चिडिएका थिए । जुन कुरा संसद् मात्र भएर आफ्नो निर्वाचन क्षेत्रको विकास गर्न सकिदो रहनेछ संसद् मात्र भएर के गर्नु भनेर पत्रकार सम्मेलनमा भनेका छन् । संसद् र सरकारमा कुनै भूमिका नपाएका रामवीरको प्रधानमन्त्री ओलीप्रति पलाएको अविश्वासको फाइदा प्रचण्डले बुझे र रामवीरलाई बामदेवको लागि निर्वाचन क्षेत्र खाली गर्दिन प्रस्ताव गरे । त्यो पनि राष्ट्रिय सभा सदस्य वा मन्त्री बनाउने आश्वसनसहित । पार्टीको नेतृत्व नै गर्ने तयारीमा रहेका प्रचण्ड र बामदेवको प्रस्ताव रामवीरलार्इ त्यती असहज लागेन उनी राजीनामाको लागि तयार भए ।

यता रामवीर प्रचण्ड र बामदेवबीच यो सहमती भइसक्दा यस विषयमा अध्यक्ष केपी शर्मा ओली र सचिवालयका अन्य सदस्यहरुले भने सुइको समेत पाएका थिएनन् । जुन कुरा एकै पटक सचिवालय बैठकमा प्रचण्डमार्फत केपी ओलीले पाए । जसले केपी ओलीलाइ झस्कायो । त्यसो त बामदेवका लागि कुनै निर्वाचन क्षेत्र खाली गराउन पार्टीका महासचिव विष्णु पौडेल नै लागि परेका थिए । तर उनले समेत बामदेवका लागि रामवीरको राजीनामाको विषय एकै पटक सचिवालय बैठकमा प्रचण्डबाट पाए । बामदेवलार्इ संसदमा ल्याएर पूर्व एमालेभित्र अन्तरद्वन्द चलाएउदा आफू बलियो भइने प्रचण्डको मनासाय अनुसार नै यो अभ्यास अघि बढेको देखिन्छ । नेकपाभित्र बामदेव गौतम, माधब नेपाल, झलनाथ खनाल गुटहरु सक्रिय बनाउन सके प्रधानमन्त्री ओलीलाई कमजोर बनाउन सकिने र गौतमलार्इ साथ लिदा आफू बलियो भइने भ्रम प्रचण्डमा देखिन्छ । किन कि गौतमलार्इ संसदमा ल्याउदा प्रधानमन्त्री आफूलाई दिनुपर्ने माग राखेर ओलीसँग अन्तरद्वन्द चर्काउने र अन्त्तत त्यसको फाईदा प्रचण्डलाइ नै हुन्छ। यहि योजना अनुसार नै प्रचण्डले गोटी चाल्न सुरु गरेको एमालेका कतिपय नेताहरुको बुझाइ छ ।

यो चाल बुझेरै ओलीले बुधबारका लागि तय गरिएको सचिवालाय बैठक कार्य ब्यस्तता देखाउदै सार्दिए । ओलीले यो बैठक सार्नु पछाडी रामवीरको राजीनामाको विषयविरुद्ध जनमत सृजना गराउनु नै हो । प्रचण्डको कोल्टामा बामदेव पुगे सजिलै प्रधामन्त्री चलाउन सकिने अवस्था आउन दिदैनन् भन्ने केपीले राम्ररी बुझेका छन् । त्यसैले केपीको विश्वास पात्र मानिएका भौतिक योजना तथा यातायातमन्त्री रघुविर महासेठले भनेका छन्। रामवीरको राजीनामाबारे पार्टीका शीर्ष नेतृत्वसँग छलफल भएको छैन । बामदेवले चुनाव लड्नै पर्छ भन्ने के छ रु महासेठको यो भनाइ उनको भन्दा पनि केपी ओली मान्न सकिन्छ ।त्यसो त र यता माधव नेपाल र्इश्वर र पोखरेल पनि बामदेवको उदय रोक्न चाहन्छन् । यसले पनि ओलीलार्इ नै बल पुग्ने देखिन्छ । जसरी राजीनामाका लागि रामवीरलार्इ मनाउन प्रचण्ड र गौतम जति सफल भए त्यतिकै रुपमा उनको राजीनामा विरुद्ध जनमत र पार्टीभित्र विरोध पैदा गर्न ओली सफल भएको देखिन्छ तर यती विरोध र आलोचनाबीच रामवीरको राजीनामा सचिवालयले अनुमोदन गर्न पुग्यो भने दाहालको प्रहारमा ओलीको हार निश्चित देखिन्छ ।

जित सहज होला त बामदेवलाई ?
नेता बामदेव गौतम एक महत्वकांक्षी नेताको रुपमा चिनिन्छन् । प्रष्ट वक्ता, निर्भिकता तथा चलायमानता नेता गौतमको चरित्र हो । कुनै बेला पार्टी नै विभाजन गर्न पछि नपरेको दर्दनाक इतिहास बोकेका बामदेव राजनीतिमा ‘पावर र पैसा’ राम्ररी बुझेका नेतामा पर्दछन्। महाकाली सन्धिप्रकरणमा राष्ट्रियताको विषय उठाएर एमाले विभाजन गरेका बामदेव आफैमा महत्वकांक्षी नेता हुन् । सायद उनलाई एकपटक जसरी पनि प्रधानमन्त्री बन्ने महत्वकांक्षाले धकेलिरहेको छ । तर नेकपा सरकारको आलोचनाको ग्राफमाथि चडीरहेको बेला हुने उपनिर्वाचनमा बामदेवको जित त्यती सहज छैन ।

त्यसमा पनि राजधानीका सचेत मतदाता उनी चयन हुन्छन् भन्ने कुनै सुनिश्चिता देखिदैन । किन कि बामदेवले किन संसदमा जानुपर्ने हो, त्यसको जवाफ जनतालाई दिन सक्ने उनीसँगै कुनै कारण छैन । उनी प्रतिनिधि सभाको सांसद् नहुदा समृद्धिको महाअभियान र पार्टीको एकीकरण पक्कै रोकिने होइन । नेता कार्यकर्ताको देखि समाजिक संजाल संचारमाध्यम तीव्र विरोध र यस्तो प्रतिकुल समयमा उनले चुनाव जित्छन् भन्ने सामान्य आँकलन गर्नु पनि कठिन छ । सायद परिदृश्य बुझेर होला यो घटनका डिजाइन मानिएका अध्यक्ष प्रचण्डबाट‘पार्टीले सिट गुमाउने गरी उपनिर्वाचनमा जाँदैनौं भन्ने अभिव्यक्तीले राजीनामाको विषयबाट पछाडी फर्कन सक्ने संकेत पनि गरेको छ । पटक पटक राजनीति आफैमा संभावनाहरुको खेल भनेर अभिव्याक्ती दिने ओली र प्रचण्ड नेतृत्व सचिवालयले रामविरको राजीनामा अस्वीकृत गर्यो भने पनि अर्को आश्चर्य हुने छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट