कुकुर मार्नेलाई ८० लाखको पुरुस्कार !

प्रकाशित मिति: ४ भाद्र २०७५, सोमबार

कोलम्बिया । लागू औषध माफियाहरूले एउटा कुकुर मार्नेलाई लगभग ८० लाख नेपाली रुपैयाँ बराबर पुरस्कार दिने घोषणा गरेका छन् । उक्त कुकुरले लागू औषध तस्करहरूलाई समात्न प्रहरीलाई मद्दत गर्न थालेपछि माफियाहरूलाई गाह्रो परेको हो ।

सोम्ब्रा नाम गरेको उक्त जर्मन सेफर्ड प्रजातिको कुकुर कोलम्बिया प्रहरीको हो । कोलम्बियाली प्रहरीले सामाजिक संजालमा सोम्ब्रा आफ्नो टीमको सदस्य रहेको र उसले तस्करहरूलाई समात्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भन्दै उसको तस्बिर सावजनिक गरेको थियो ।

स्थानीय मिडियाका अनुसार त्यहाँका लागू औषध माफियाहरूले प्रहरीलाई सघाउने कुकुरहरूलाई मार्ने गरेका छन् । सोम्ब्राले गत दुई वर्षमा लगभग एक अर्बभन्दा बढीको लागू औषधि पक्रिन प्रहरीलाई मद्दत गरिसकेको छ । सोम्ब्रा गत दुई वर्षदेखि कोलम्बिया प्रहरीसँग रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट