किन र कसरी चढाउने सूर्यलाई जल ?

प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलवार

हिन्दु धर्मको हरेक संस्कार विज्ञानमा आधारित छन् । हाम्रा हरेक संस्कारहरुमा वैज्ञानिक कारणहरु भेटिन्छन् । सूर्यलाई जल चढाउनुमा पनि वैज्ञानिक कारण लुकेको छ । जसको चर्चा आज म गर्दैछु। ज्योतिष र वास्तुशास्त्र अनुसार सूर्यलाई जल चढाउने चलन छ ।

किन चढाउने सूर्यलाई जल र कसरी चढाउने ?
सूर्यबाट सकारात्मक र नकारात्मक दुवै किरण पृथ्वीमा आउँछ । तामाको भाडोमा जल राख्ने र सूर्यतिर हेरेर हात माथि गरी चढाउने, जुनबेला पानीले पृज्मको काम गर्छ र सूर्यबाट आएको सकारात्मक किरण मात्र हाम्रो शरीरमा सप्तरङ्गी भएर प्रवेश गर्दछ । तामाको भाडोबाट पानी बग्ने हुँदा हातको किरण तामाले रोक्ने गर्दछ र सौर्य उर्जा एकतर्फी हुन्छ ।

सात किरणमा रातो रङले हाम्रो शरीरमा भएको रगतलाई, सुन्तला रङले मुटुलाई, नीलो रङले नसालाई, हरियो रङले पेटमा, बैजनी रङले किड्नी र लिभरमा र पहेंलो रङले मस्तिष्कमा गएर सकारात्मक तरंगको विकास गर्छ ।

सूर्यलाई जल चढाउँदा हाम्रो शरीरको नसा, रगत, मुटु, फोक्सो, दिमाग, पाचन प्रकृयालाई स्वस्थ राख्न सहयोग पुग्नुका साथै यसले मानिसको आत्मविश्वार बढाउन मदत गर्दछ ।

यदि तपाईंले आँखामा चश्मा लगाउनुहुन्छ अथवा जसले कम पावरको चश्मा प्रयोग गर्नुहुन्छ भने लगातार २ महिना सूर्यलाई जल चढाउँदा आँखाको समस्या धेरै हदसम्म समाधान हुन्छ ।

ॐ घृणी सूर्याय नम: ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट