मुम्बईको समुद्री किनारमा माछा आतङ्क, १५० जना घाइते

प्रकाशित मिति: २२ श्रावण २०७५, मंगलवार

मुम्बई । के तपाईले आफ्नो फुर्सदको समय मुम्बईको समुन्द्री किनारमा हिड डुल गरेर बिताउने योजना बनाउनु भएको छ ? यो योजना तपाईको लागि ब्लु बोटल जेली नामक माछाको कारणले घातक हुन सक्छ ।

ब्लु बोटल जेलीको टोकाईबाट १५० जना घाईते भएपछि मुम्बई प्रशासनले जुहु, अक्सा र गिरगाँव समुन्द्री छेउछाउ घुमफिर गर्दा सावधान हुनुपर्ने बताएको छ । ब्लु बोटल जेली माछा अगष्ट र सेप्टेम्बर महिनामा देखापर्ने र यसले शरीरको भागमा आक्रमण गरेपछि सो भागमा चिलाउने अनि सुन्निने हुन्छ ।

मन्द विष शरीरमा फैलिदै मस्तिष्कमा पुग्दा कान बहिरो भई मानिसको मृत्यु समेत हुन सक्छ । समुन्द्री किनारका एक पसलेका अनुसार अन्य वर्षको तुलनामा यो वर्ष अत्यधिक ब्लु बोटल जेली माछा समुन्द्री किनारमा देखा परेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट