बुबा र दाईले लक्ष्मीलाई जिउँदै जलाएपछि…

प्रकाशित मिति: ६ श्रावण २०७५, आईतवार

खण्डवा । परिवारको इच्छा विपरित विवाह गर्न खोजेको भन्दै भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई आफ्नै बुबा र दाईले जिउँदै जलाएका छन् ।

गत शुक्रबार १९ वर्षीय लक्ष्मी बाई उनका प्रेमी राजकुमार लौवंशीको घरमा जाँदा लक्ष्मीका बुबाले देखेका थिए । प्राप्त जानकारी अनुसार लक्ष्मी र राजकुमार १० महिनादेखि प्रेम सम्बन्धमा थिए । लक्ष्मीको परिवारलाई यो सम्बन्ध मन नपरेकोले लक्ष्मीका बुबाले पटक-पटक छोरीलाई सम्झाउँदै आएका थिए ।

परिवारले सम्झाउँदा पनि नमानेर लक्ष्मी र राजकुमारले अदालतमा गएर बिहे गर्ने निर्णय गरेका थिए । गत शुक्रबार लक्ष्मी राजकुमारको घर गएको देखेपछि उनका बुबा सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिए ।

आगो लागेर लक्ष्मीको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले लक्ष्मीका बुबा र दाइलाई पक्राउ गरेको छ । यता लक्ष्मीकी आमा र केही छिमेकीले लक्ष्मी आफैले मट्टीतेल छर्किएर आत्महत्या गरेकी भन्ने बयान दिएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट