आफन्तको मृत्युमा रोइदिँदा पाइन्छ पैसा !

प्रकाशित मिति: २९ असार २०७५, शुक्रबार

घाना । आफन्तको मृत्यु हुँदा मानिसहरु शोकाकुल हुन्छन् र हृदयदेखि नै रुने गर्दछन् । तर आजभोलि कसैको मृत्युपछि रोइदिने मानिस पनि भाडामा पाइन थालेका छन् ।

कसैको मृत्युपछि शोकको घडीमा डाँको छाडेर रुनका लागि कोही पेशेवर रुन्चे मानिसहरुलाई पैसा तिरेर भाडामा लिइन्छ भनेर सुन्दा तपाईहरुलाई अचम्म लाग्ला । तर यो सत्य कुरा हो ।

अफ्रिकी देश घानामा आफन्तको मृत्यु हुँदा शोकको घडीमा रोइदिनका लागि पेशेवर रुन्चेहरुलाई राम्रै रकम भुक्तानी गरी बोलाइन्छ । कुनै अपरिचितको मृत्युमा बनाबटी रुनु सजिलो नभए पनि यो कार्यमा संलग्न विधवा महिलाहरुले यो पेशा अँगालिरहेका छन् ।

घानामा केही समुदाय यस्ता छन् जसको पेशा नै कसैको मृत्युमा रोइदिनु हो । उनीहरु शौखका साथ उक्त पेशा अपनाइरहेका छन् । यस्ता मानिसहरुले कहिलेकाहीँ कुनै अपरिचितको मृत्युमा रुनका लागि जानुपर्दा आफ्नै आफन्तको मृत्युमा रुन पाउँदैनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट