चर्चित बन्यो यी हजामको मेस्सी कट

प्रकाशित मिति: २८ असार २०७५, बिहीबार

साइबेरिया । साइबेरियाका एक हजाम अहिले निकै चर्चामा छन् । विश्वकपलाई ध्यानमा राखेर उनले मानिसको कपाल काट्दा टाउकोमा विभिन्न आकृति बनाउने गरेका छन् ।

विश्वकप फुटबलको बेला प्रशंसकहरू आफ्ना प्रिय खेलाडीप्रति श्रद्धा देखाउनका लागि नयाँ-नयाँ तरिका खोजिरहेका हुन्छन् । साइबेरियाका यी हजामले प्रसिद्ध फुटबलरहरूको मुखाकृति टाउकोमा बनाउने गर्दछन् ।

मारियो हवाला नाम गरेका यी हजामले अर्जेन्टिना र पोर्चुगल विश्वकप प्रतियोगिताबाट नबाहिरुन्जेल लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको मुखाकृति धेरै मानिसको टाउकोमा बनाए ।

विगत ९ वर्षदेखि हजामाके काम गरिरहेका उनले सुरूमा एक ग्राहकको टाउकोमा ठूलो माकुराको आकृति बनाइदिएका थिए । अहिले उनले फुटबलरहरूको मुखाकृति टाउकोमा बनाइदिएर निकै चर्चा कमाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट