मेकअप गरिरहेकी युवतीको आँखामा छिर्यो आइब्रो पेन्सिल

प्रकाशित मिति: ८ असार २०७५, शुक्रबार

बैंकक । महिलाले आफूलाई सुन्दर बनाउन हरेक प्रकारका मेकअपका साम्रगी प्रयोग गर्ने गर्दछन् । मेकअपका सामग्री प्रयोग गर्दा ध्यान दिनुपर्ने हुन्छ । नत्र यसले सुन्दर बनाउनुको सट्टा कुरुप बनाइदिन्छ ।

यस्तै भएको छ थाइल्याण्डमा । थाइल्याण्डकी एक महिलाले ट्याक्सीमा मेकअप गर्नेक्रममा उनको आँखामा आइब्रो पेन्सिल छिरेको छ । बैंकककी यी २० वर्षीया युवती आफ्नो साथीको घर जान ट्याक्सीमा चढेकी थिइन् । बाटोमा ट्राफिक जाम भएकाले यी युवतीले समय बिताउन मेकअफ गर्न सुरु गरिन् ।

मेकअफ गर्दा गर्दै ट्याक्सी अचानक पिकअफसँग ठोकियो र युवती अगाडि हुत्तिइन । युवतीको हातमा रहेको आइब्रो पेन्सिल उनको बाँया आँखामा छिर्यो । उक्त घटनापछि ती युवतीलाई तत्तकाल अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकका अनुसार युवतीको उपचार भइरहेको र उनी खतरा मुक्त छिन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट