पेटको बोसो घटाउने १० उपाय

प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार

काठमाडौं, ३० वैशाख । पेटको बोसो कम गर्न चाहनुहुन्छ भने तपाईंले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । घरमै बसेर तपाईं अनफ्नो बेसो घटाउन चाहनुहुन्छ भने यी तरिका अपनाउनुहोस् ।

१ कागती पानीले दिनको सुरुवातः

आफ्नो दिनको सुरुवात कागती पानीले गर्नुहोस् । यो पेटमा जम्मा भएको अतिरिक्त बोसोलाई कम गर्ने प्रभावकारी घरेलु उपाय हो । मनतातो पानीमा कागतीको रस राखेर थोरै नुन राख्नुहोस् । दैनिक बिहान यसको सेवन गर्दा तपाईंको मेटाबोलिजम एक्टिभ रहन्छ जसले तपाईंको तौल कम गर्न सहयोग गर्छ ।

२ ब्राउन राइसः

सेतो चामलबाट टाढा रहनुहोस् । यदि तपाईंलाई भात नै खानुपर्छ भने सेतो चामलको साटो ब्राउन राइस खानुहोस् । यसका साथै, आहारमा ब्राउन ब्रेड र ओट्सलगायतका खाद्य पदार्थ समावेश गर्नुहोस् ।

३ गुलियो खानबाट बच्नुहोस्ः

यदि तपाईं बोसो कम गर्न चाहनुहुन्छ भने गुलियो खानबाट बच्नुहोस् । मिठाई, गुलियो पेय पदार्थ, चिल्लो खानेकुराबाट टाढा रहनुहोस्, यस्ता खाद्य पदार्थले तपाईंको शरिरको अतिरिक्त बोसो जम्मा गर्दछ ।

४ अत्यधिक पानी पिउनुहोस्ः

पेटको बोसो कम गर्न चाहनेले अत्यधिक पानीको सेवन गर्नुपर्छ । यो निकै प्रभावकारी उपाय हो । नियमित अन्तरालमा पानी पिउँदा तपाईंको मेटाबोलिजम रेट बढ्छ जसका कारण तपाईंको विषाक्त पदार्थ बाहिर निस्कन पाउँछ भने तपाईंको शरिर पनि स्वस्थ रहन्छ ।

५ काँचो लसुन खानुहोस्ः

बिहान काँचो लसुन खाँदा तपाईंको शरिरलाई निकै फाइदा पुग्छ । दैनिक बिहान दुई तीनवटा लसुन चपाउनुहोस् र त्यसपछि कागती पानी पिउनुहोस् । यसले तपाईंको तौल कम गर्ने प्रक्रियामा दोब्बर सघाउ पुर्याउँछ । यसका साथै तपाईंको रक्त प्रवाहमा पनि सुचारु हुने गर्दछ ।

६ मांसाहारी भोजनबाट टाढै रहनुहोस्ः

मासुमा बोसोको मात्रा निकै धेरै हुन्छ । उक्त बोसो तपाईंको शरिरमा जम्मा हुने गर्दछ जसले स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउने गर्दछ । यदि तपाईं साँच्चै तौल कम गर्न चाहनुहुन्छ भने मासुजन्य खाद्य पदार्थ छोडेर शाकाहारी भोजन अपनाउनुहोस् ।

७ हरिया सागसब्जीको सेवनः

आफ्नो आहारमा फलफूल र सागसब्जी समावेश गर्नुहोस् । बिहान बेलुका एक कचौरा फलफूल र तरकारी खाँदा तपाईंको स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । यसले तपाईंलाई धेरै बेरसम्म भोक लाग्दैन भने तपाईंले एन्टीअक्सिडेन्ट, मिनरल र भिटामिन पाउनुहुनेछ ।

८ खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्ः

खाना पकाउँदा तौल कम गर्न मद्दत गर्ने मसलाको प्रयोग गर्नुहोस् । दालचीनि, अदुवा र कालो मरिचको प्रयोग खानामा समावेश गर्नुहोस् । यी मसला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ भने रगतमा चीनिको मात्रालाई कम गर्दछ ।

९ क्रेनबेरी जुसः

क्रेनबेरीको जुसमा अर्गाजिक एसिडको मात्रा निकै धेरै हुन्छ जसले हाम्रो डाइजेस्टिव इन्जाइममाथि सकारात्मक असर पार्ने गर्दछ । यो इन्जाइमले हाम्रो शरिरमा जम्मा भएको अतिरिक्त बोसोलाई नष्ट गर्न सहयोग पुर्याउँछ ।

१० बदामः

बदाममा भिटामिन इ र प्रोटिनका साथै फाइबरको मात्रा पनि अत्यधिक हुन्छ जसले छिटो छिटो भोक लाग्नबाट रोक्छ । यद्यपी, यसमा क्यालोरीको मात्रा अलि बढि हुन्छ तर यसले पेटको बोसोलाई भने बढाउँदैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट