घरमा लगाउनुहोस् स्मार्ट चाबी, मोबाइलबाटै हुन्छ कन्ट्रोल

प्रकाशित मिति: २४ बैशाख २०७५, सोमबार

काठमाडौं, २४ वैशाख । अब आधुनिक सुविधायुक्त स्मार्ट घरको मुख्य पाटोको रूपमा तपाइंले स्मार्ट चाबीलाई लिन लिन सक्नुहुनेछ । स्मार्ट चाबीले तपाईले चाहनुभएको मान्छेलाई मात्रै प्रवेश गर्न र बाहिर जान दिने मात्र होइन यसले तपाई घर बाहिर भएको अवस्थामा पनि तपाईको घरमा को मान्छे प्रवेश गरिरहेको छ र को बाहिर गइरहेको छ त्यसको निगरानी गर्छ ।

स्मार्टचाबीको मद्दतबाट तपाईले मोबाईल फोनबाटै आफ्नो घरको ढोका खोल्न र बन्द गर्न सक्नुहुन्छ । यसको कुनै मोडेलले त झनै तपाईको परिवारका अन्य सदस्य, साथीहरू र मर्मत सम्भार गर्ने कर्मचारीहरूलाई ढोका खोल्ने विशेष सहुलियत पनि दिन्छ । स्मार्ट लक तपाईले भ्वाइस कमान्ड र टि्रगरको सहायताले एक्टिभ गर्न सक्नुहुन्छ ।

स्मार्ट चाबी तपाईले हार्डवेयर पसलमा गएर सजिलै किन्न सकिने चाबीभन्दा अलि बढी नै महँगो हुन्छ । तपाईले स्मार्ट लक १०० डलर सम्मको पाउन सक्नुहुन्छ तर तपाईले अलि राम्रै र जहाँबाट पनि नियन्त्रण गर्न सकिने खालको भ्वाइस कमान्ड, पुस र इमेल नोटिफिकेसन,  टेम्पर अलार्मजस्ता विशेषता भएका स्मार्ट लक लिन चाहनुहुन्छ भने त्यसको लागि तपाईले २०० देखि ३०० डलर सम्म खर्च गर्नुपर्छ ।

धेरैजसो स्मार्टलक मोबाइल एपबाट नियन्त्रण गर्न सकिन्छ जसको सहायताले तपाईले एक सजिलो आइकनमा थिच्नेबित्तिकै ढोका खोल्न र बन्द गर्न सक्नुहुनेछ । कुनै मोडेलले तपाईलाई वेब एप पनि अफर गर्छन् जसको सहायताले तपाईले आफ्नो डेस्कटप वा ल्यापटप कम्प्युटरबाट पनि स्मार्ट चाबी नियन्त्रण गर्न सक्नुहुनेछ । धेरैजसो एपहरूले तपाईलाई स्थायी र अस्थायी प्रयोगकर्ताहरू थप्ने सुविधा प्रदान गर्छ र विशेष दिन वा समयको लागि कसैलाई पहुँच दिने तालिका सेट गर्न पनि सक्नुहुन्छ ।

तपाईको स्मार्ट चाबी ब्लुटुथ बाट चल्ने खालको छ भने तपाई ढोकाको आसपासमा हुनुपर्ने छ र करिव ४० फिटको दूरीसम्मबाट तपाईले त्यसलाई नियन्त्रण र सञ्चार गर्न सक्नुहुन्छ भने चाबी वाईफाईबाट चल्ने खालको भएको छ भने तपाईले यसलाई घरको वाईफाईले जहाँसम्म भ्याउँछ त्यहाँबाट नियन्त्रण गर्न सक्नुहुन्छ ।

यस्तै तपाईले स्मार्टलकमा एक्टिभिटी लगको विशेषता छ कि छैन त्यो भने पहिले नै ख्याल गर्नुपर्छ । एक्टिभिटी लगको सहायताले तपाईले तत्कालै वा केही समयपछि पनि तपाईको घरमा को प्रवेश गर्‍यो र को बाहिरियो भन्ने कुराको जानकारी लिन सक्नुहुनेछ ।

बजारमा आएका पछिल्ला स्मार्ट लकले तपाईलाई भ्वाइस एक्टिभेसन, जियोफेन्सिङ र अटोलकिङको सुविधाहरू पनि प्रदान गर्छन् । भ्वाइस एक्टिभेसनको सहायताले तपाईले ढोका खोल्न र बन्द गर्न सजिलो बनाउँछ । तपाईले आफ्नो फोनमा घरको अगाडिको ढोका खोल भन्नासाथ ढोका खुल्छ र ढोका आफैं बन्द हुन्छ ।

अब तपाईले आफ्नो घरबाट निस्कने बेलामा चाबी लगाउन गर्न बिर्सनु त भएको छैन भन्ने कुराको चिन्ता लिइराख्नु पर्दैन । जियोफेन्सिङको सुविधा भएको स्मार्ट चाबीमा तपाईले आफ्नो मोबाइल एप प्रयोग गरेर आफ्ना घरवरिपरि एक परिधि सेट गर्न सक्नुहुन्छ र आफ्नो फोनको लोकेसन सर्भिसको माध्यमले आफ्नो एक्ज्याक्ट लोकेसन सेट गर्न सकिन्छ । जब तपाई उक्त परिधिबाट बाहिरिनुहुन्छ लक आफैं स्वचालित हुन्छ । अटोलकले तपाईको ढोका खोलेको निश्चित समयपछि आफैं बन्द गर्छ ।

साथै यसका स्मार्ट चाबीको अन्य विशेषताहरूमा चाबी बिनाको टचप्याड सुविधा, जसबाट तपाईले फोन नबोकेको बेलामा पनि ढोका खोल्न सक्नुहुन्छ । यसका साथै टेम्पर र फोर्स इन्टर अलार्मको विशेषता पनि छ । जसले तपाईको ढोकामा कसैले जबरजस्ती भित्र छिर्न खोजेमा वा फुटाउन खोजेमा तपाईलाई सूचना दिन्छ । पुस टेक्स्ट र इमेल नोटिफिकेसनले तपाईलाई को बाहिरिँदै छ र को भित्रिँदै छ भन्ने कुराको तत्कालै जानकारी दिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट