आर्मीलाई कबड्डीको उपाधि

प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार

राजेश थापा मगर
काठमाडौं, २८ पुस । राखेप च्याम्पियनसिपअन्तर्गत २२औँ पुरुष तथा १७औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ । बिहिबार भएको फाईनल खेलमा आर्मीले पुरुष र महिला दुवैको उपाधि जित्दै उपाधि रक्षा गरेको हो । आर्मी पुरुष र महिला दुवैको साबिकको विजेता हो ।

बर्दियामा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले पश्चिमाञ्चललाई ३९–२५ को स्कोरमा पराजित गरेको हो । त्यस्तै महिलातर्फको फाईनलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ३९–२२ को स्कोरमा पराजित गरेको थियो । पुरुषमा आर्मीका नागेश्वर थारु र महिलामा पनि आर्मीकै मेणुका राजवंशी उत्कृष्ट खेलाडी घोषित हुँदै नगद १५/१५ हजार रुपैयाँ प्राप्त गर्न सफल भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । तीनदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट