आज माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउँदै

प्रकाशित मिति: २८ पुष २०७४, शुक्रबार

काठमाडौं, २८ पुस । सरकारमा गएको आठ महिनापछि माओवादी केन्द्रले आज आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउँदै छ ।

माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएर सरकारबाट फिर्ता हुन लागेका हुन् ।

गत ३१ असोजमा प्रधानमन्त्री शेरबहादुर देउवाले नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाए पनि माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिएनन् ।

माओवादी प्रवक्ता पम्फा भुसालले पार्टी बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीबाट फिर्ता पठाउन पत्र पठाउने जानकारी दिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट