युनिभर्सल पावर कम्पनीले ९६ करोडको आईपीओ निष्कासन गर्दै

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार

काठमाडौं, २७ पुस । युनिभर्सल पावर कम्पनी लिमिटेडले ४० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्न माघ ११ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आईपीओ निष्कासनको प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ ।

युनिभर्सलले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लावासी र ३० प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्नेछ । युनिभर्सलमा ४० प्रतिशत सर्वसाधारण र ६० प्रतिशत संस्थापक सेयर हुने गरी लगानी संरचना तयार पारिएको छ ।

युनिभर्सलको सेयर दाखिला खारेज बिहीबारदेखि सुरु भई माघ ११ गतेसम्मका लागि बन्द हुने भएको छ । युनिभर्सलले दोलखामा २ अर्ब ४ करोड रुपैयाँको लगानीमा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । युनिभर्सलले अन्य जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट