गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिएसम्म अनसन जारी राख्ने

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार

काठमाडौं, २७ पुस । डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म आफूले अनसन जारी राख्ने बताएका छन् ।

सर्वोच्च अदालतको मानहानी गरेको मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा भएका केसीले भ्रष्ट प्रधानन्यायाधीश पराजुलीको राजीनामालाई नै मुख्य माग बनाउँदै अनसन जारी राख्ने निर्णय गरेको हुन् ।

केसीले अनसनबारे थप निर्णय आज लिने उनका सहयोगीहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस् :
साधारण तारेखमा रिहा भए डा. गोविन्द केसी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट