एमाले अध्यक्ष ओलीले दिए राष्ट्रिय एकता दिवसको शुभकामना (शुभकामनासहित)

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार

काठमाडौं, २७ पुस । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् ।

ओलीले विभिन्न टुक्रामा विभाजित भूगोललाई एकिकरण गरेर नेपालको स्वरुपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पिता पुर्खाहरुले गरेको  आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

विभिन्न नाममा नेपाललाई विखण्डन गर्न खोज्ने तत्वहरु अहिले कमजोर भइसकेको बताउँदै एमाले अध्यक्ष ओलीले पृथ्वीनारायण शाहकै कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएको शुभकामना सन्देशमा भनेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट