धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै पुनःजिल्ला बन्द

प्रकाशित मिति: २७ पुष २०७४, बिहीबार

धनकुटा, २७ पुस । गत सोमबार एक सातासम्मको आमहडताल स्थगित गरेर शान्तिपूर्ण कार्यक्रम संचालन गर्दै आएका धनकुटावासीले बिहीबार पुनः जिल्ला बन्द आह्वान गरेका छन् ।

धनकुटालाई प्रदेशको राजधानी तोक्न माग गर्दै सबै राजनीतिक दलले एकताबद्ध भएर दबाबमूलक कार्यक्रमका साथ बिहीबार जिल्ला बन्द आह्वान गरेका हुन् । संघर्ष समितिका प्रवक्ता नगेन्द्र राईले प्रदेश नम्बर–१ को राजधानी धनकुटा नै बनाउनुपर्ने माग सरकारले पूरा नगरेसम्म संघर्षका कार्यक्रम जारी रहने बताएका छन् ।

धनकुटावासीले गरेको जिल्ला बन्दका कारण कोसी राजमार्गसहित हिले–भोजपुर, बसन्तपुर–म्याङलुङ सडक पूर्णरुपमा ठप्प हुनुका साथै धनकुटाका सम्पूर्ण बजारसमेत बन्द गरिएका छन् । सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको भन्दै धनकुटेलीले दबाब दिन बन्द आह्वान गरिएको बताएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट