साधारण तारेखमा रिहा भए डा. गोविन्द केसी

प्रकाशित मिति: २६ पुष २०७४, बुधबार

काठमाडौं, २६ पुस । न्यायाधीशद्वय दामोदर भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले केसीलाई अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाडन आदेश दिएको हो । बयानका क्रममा केसीले आफू न्यायालयको स्वतन्त्रताको पक्षमा रहेको तर प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविनको माग गरेका थिए ।

मंगलबार भएको बयान र बुधबारको बहसपछि सर्वोच्चले केसीलाई सचेत गराउँदै थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा केसीलाई सोमबार पक्राउ गरिएको थियो ।

यो पनि पढ्नुहोस् :
गोविन्द केसीको मुद्दामा बहस सुरु, केसीलाई वीर अस्पतालबाट सर्वोच्च अदालत ल्याइयो

प्रधानन्यायाधीश गोपाल पराजुली माफिया र भ्रष्टाचारी हुन् : गोविन्द केसी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट